प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धादिङका दुवै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् । धादिङ क्षेत्र नं १ मा ३९,१२८ सहित आशिका तामाङ र धादिङ-२ मा २६,१४५ मत सहित बोध नारायण श्रेष्ठ विजयी हुनुभएको हाे । धादिङ–१ मा आशिकाको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भुमि त्रिपाठीले १५,०३१ मत प्राप्त गर्नुभयो भने धादिङ–२ मा बोध नारायणको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश धमलाले २०,२७९ मत प्राप्त गर्नुभयो ।