
जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका सुधन गुरुङले गोरखा क्षेत्र नं. १ को निर्वाचनको मतगणनामा निरन्तर अग्रता लिइरहेका छन् । चुमनुब्री, धार्चे, आरुघाट, भीमसेनथापा गाउँपालिकाको मतगणना गरिसक्दा पनि गुरुङको अग्रता कायमै छ ।
आरुघाट गाउँपालिकाको गणना गर्दा केही समय नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले उछिनेपनि भीमसेन थापाको गणना गर्न थालेपछि पुनः गुरुङले अग्रता लिन थालेका थिए । कांग्रेसका खत्रीले निरन्तर दोस्रो स्थान लिइरहेका छन् भने नेकपाका हरिराज अधिकारीले तेस्रो स्थान लिइरहेका छन् ।
नेकपा एमालेका आरसी लामिछाने चौथो स्थानमा छन् । हामी नेपाल नामक सामाजिक संस्थामार्फत सामाजिक गतिविधि गर्दै आएका सुधन चुमनुब्री गाउँपालिका ३ नाग्चेतका हुन् ।