
कात्तिक ४, धादिङ ।
जिल्ला प्रहरी कार्यालय धादिङले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । नेत्रावती गाउँपालिका वडा नम्बर १ मार्पाकका विशाल गुरुङलाई प्रहरीले पक्राउ गरेकोे हो ।
कात्तिक १ गते पिङ हाल्ने विषयमा वडा नम्बर २ केउरा गाउँका स्थानियहरुसँग विवाद हुँदा गुरुङले पेस्तोल निकाली फायरीङ गरेको आधारमा प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गुरुङको साथबाट चाईनिज पस्तोल जस्तो देखिने पेस्तोल १ थान, गोली बुलेट राउण्ड २ थान, खोका १, म्यागजिन १ थान समेत बरामत गरिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।