कात्तिक ४ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली नोट छाप्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । आईतबार पत्रकार सम्मेलन गरी नक्कली नोट छाप्ने ५ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्सा घर भई हाल कीर्तिपुर बस्दै आएका २७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ, गोरखा घर भई कीर्तिपुर बस्दै आएका २५ वर्षीय नारायण श्रेष्ठ, मकवानपुर घर भई मुलपानी बस्ने २५ वर्षीय साहिल थापा मगर, पर्सा घर भई जोरपाटी बस्दै आएका २८ वर्षीय राज श्रेष्ठ र कुमारी गाल बस्दै आएका कागेश्वरी काठमाडौँका २९ वर्षीय विकास दोचे छन् ।

प्रहरीले उनीहरुका साथबाट ३ लाख ७० हजार नक्कली १ हजार रुपैयाँको नोट बरामद गरेको छ । नक्कली नोट छाप्न प्रयोग गरेको प्रिन्टर १ थान, लालीगुराँस अङ्कित रबर छाप पनि बरामद गरिएको छ । शनिबार राति कीर्तिपुर नगरपालिका मच्छेगाउँस्थित कृष्णबहादुर क्षेत्रीको घरबाट प्रहरीले यी सामग्री बरामद गरेको हो । प्रहरीका अनुसार क्षेत्रीको घरको पहिलो तलामा भाडामा लिएको २ वटा कोठामा नक्कली नोट छाप्ने गरिएको थियो ।

Facebook Comments