तस्विर : रोम श्रेष्ठको फेसबुकबाट

कात्तिक १३, धादिङ ।

 चलचित्र मालिका आज धादिङमा विशेष प्रर्दशनी गरिएको छ ।

‘छोरीको निम्ती स्वर्णिम नेपाल महाअभियान सहयोगार्थ’ धादिङमा चलचित्र मालिकाको विशेष प्रर्दशनी गरिएको हो । चलचित्र मालिकाको प्रचार प्रसारको क्रममा मंङ्गलबार नायिक रेखा थापा धादिङ आईपुग्नु भएको छ । ओम शान्ती चलचित्र मन्दिर धादिङकोे निमन्त्रणमा मालिकाको यूनिट धादिङ आएको हो ।

नायिक तथा निमात्री रेखा थापा सँगै यसै चलित्रिका अर्का सह—निर्माता एवं मोटिभेटर नरबहादुर कार्की धादिङ आउनुभएको थियो । नारी प्रधान चलचित्र मालिका यहि कात्तिक १६ गते देशभर प्रदशनी हुने भएपनि धादिङमा भने बिशेष कार्यक्रमका साथ तोकिएको समय अगावै प्रदशनी भएको छ । चलचित्र मालिकाका निर्दैशक रेखा थापा धादिङ आएर संगै दर्शकहरुसंग सो महाअभियानमा सहभागि भएकी थिईन् ।

चलचित्रमा नव कलाकार कमला वलीको मुख्य भुमिका रहेको छ भने नायिक रेखा थापा सँगै अन्य कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको ट्रेलर हेर्नुहोस् ः—

Facebook Comments