२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

राष्ट्रपति पौडेलद्वारा थप ३ वटा अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा थप ३ वटा अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका तीन वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ आज जारी गर्नुभएको हो ।

राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि राष्ट्रपति पौडेलले अस्ति बिहिवार सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नुभएको थियो ।

सरकारले ६ वटा अध्यादेश सिफारिश गरेकामा राष्ट्रपतिले अहिले सम्म ५ वटा अध्यादेश जारी गर्नुभएको छ । सवैधानिक परिषद् सम्बन्धी अध्यादेश अध्ययनको क्रममा छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।