कात्तिक १६, गजुरी ।
धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा शुक्रबार साँझ आगलागि हुँदा एकघर जलेको छ ।

स्थानीय लक्ष्मण तामाङको होटलमा मासु सेकाउँदै गर्दा ग्यास लिक भएर आगलागी भएको हो । आगलागीबाट करिव ५ लाख रूपैयाँ बराबरका सामाग्री नष्ट भएको प्रारम्भिक अनुसन्धानले देखाएको गजुरी प्रहरीले जनाएको छ ।

घटनामा कुनै किसिमको मानवीय क्षति भएको छैन । घटनाको थप अनुसन्धान भैररहेको प्रहरीलाई उद्रित गर्दै सहकर्मी दिलबहादुर रम्तेलले जानकारी दिनुभयो ।

Facebook Comments