

क्षतीग्रस्त मोटरसाईकल (माथी) र बोलेरो (तल)
मंसिर ३, धादिङ ।
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ र गोरखाको लखन थापा गाउँपालिका विचमा पर्ने बुङ्कोटघाटमा हरिबोधनी एकादशी मेला भर्न गएका यूवाहरु विच झगडा हुँदा एक प्रहरी गम्भीर घाईते भएका छन् ।
मेला भईरहेको बेला धादिङ र गोरखाका दुई समुहका यूवाहरुले ढुङ्गा हाना हान गरेका थिए । ढुङ्गा हाना हान भईरहेका बेला छुट्याउन जाँदा अस्थायी प्रहरी चौकी साँध भञ्ज्याङका प्रहरी सहायक निरिक्षक विनय कुमार पाण्डे गम्भीर घाईते हुनुभएको हो ।
घाईते प्रहरीलाई उपचारको लागि काठमाण्डौं लगिएको छ । दुईतर्फी ढुङ्गा हाना हान हुँदा मोटरसाईलक, गाडी र वरिपरिका घरहरुमा क्षती पुगेको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण काप्रीले जानाकारी दिनुभयो । झगडा गर्ने समहुको खोजी कार्य तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।