मंसिर ७ ।
डडेल्धुरामा बस दुर्घटना हुँदामृत्यु हुनेको संख्या१८ पुगेको छ । २७ जना घाइते छन् । बस उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा डा.केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११ रडुवा खोलामाहिजो साँझदुर्घटनामा परेको हो ।
दुर्घटनामा १३ जनापुरुष र ५ जनामहिलाको मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ड डा. जितेन्द्र कँडेलले जानकारी दिनुभएको छ ।मृत्यु हुनेमादिपायल सिलगढी नगरपालिका–ं ४ का ३५ वर्षका शशी विक, सोही नगरपालिका वडा नं ११ का २५ वर्षकागोदा भाट,सोही नगरपालिका ८ का ४० वर्षका कैलाश रावल र सोही ठाउँका ४० वर्षका योगेन्द्र रावलरहेका छन् । यस्तै डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षकाचक्र धामी, डोटी शिखर नगरपालिका–१० का रोहितबलायर र ठेगाना नखुलेका माया रावलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिनुभयो ।
मृतक सबैको सनाखत भईसकेको छैन । डोटीको शिखर नगरपालिकाको बानिडुग्रेसइनस्थितपिस जोन एकेडेमीको से १ क २९३ नम्बरको बस रडुवा खोलामा सडकबाट करिब ३ सय मिटर तल खस्दा १२ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार अन्यको डडेल्धुरा सदरमुकामस्थितउपक्षेत्रीय अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो । अहिलेउपक्षेत्रीय अस्पतालमा १३ जनाको उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएका १४ जनालाई अन्यत्ररेफर गरिएको छ भने २ जनासामान्यउपचारपछि घर फर्किएका छन् । विहिबार बेलुकी ५ः४० बजेतिर भएको दुर्घटनामा नेपालप्रहरी, सशस्त्रप्रहरी तथा स्थानीयको सहयोगमा उद्धारको कामगरिएको थियो । गम्भीर घाइतेको संख्या बढि रहेकाले मृतकको संख्या बढ्नसक्ने जनाइएको छ । गाडीमा ४७जना सवार रहेको प्रहरीले जनाएको छ ।