
मंसिर २१ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ मोबाइल कम्पनी हुवावेकी वरिष्ठ अधिकारी पक्राउमा आफ्नो सरकारको संलग्नता नरहेको बताउनु भएको छ ।
हुवावेकी वरिष्ठ अधिकारी मेङ वाङ्जुलाई अमेरिकी सुरक्षा निकायको आग्रहमा पक्राउ गरिएको र त्यसमा कुनै राजनीतिक पूर्वाग्रह नरहेको उहाँले बताउनुभयो । उहाँलाई डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको भए पनि अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको छ ।
वाङजुलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन ।वाङ्जुलाई सुपुर्दगी गर्नेबारे आज सुनुवाई हुने बताइएको छ ।