पौष २, धादिङ ।
चर्चित गायक राकेश गुरुङले मायाको दर्शन बोलको सालैजो लोक गीत बजारमा ल्याउनु भएको छ । गीता पैजा मगरको युट्यूब च्यानलबाट गीत सार्वजनिक गर्नु भएको हो ।

गुरुङहरुको महान चाड तमू ल्होसारको अवसरमा गीत सार्वजनिक गरिएको गायक राकेश गुरुङले बताउनुभयो । सागर विरहीको लय तथा शब्द रहेको गीतमा रोकश गुरुङ र सिता लामाको आवाज रहेको छ । भने यस गीतमा पुष्कर विवेक थापा, रितु तामाङ, राकेश गुरुङ र श्रृष्टि तामाङको अभिनय हेर्न सकिन्छ ।

धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर २ जुरेथुम गुरुङ गाउँमा छाँयाङ्कन गरिएको यस गीतलाई पुष्कर विवेक थापाले निर्देशन गर्नुभएको होे । राकेश गुरुङको जुनेली रात, सबको भाग्य लेख्ने देउतै हो, यस्पालीको तिजमा, माईतीको देश लगायतका दर्जन भन्दा बढि गितहरु दर्शक श्रोता माझ चर्चित छन् ।

साथै गुरुङ चलचित्र आच्यो (कान्छा) मा समेत आवाज दिईसक्नु भएका राकेश गुरुङले तामाङ भाषा तामार म्हेन्दो, चोक्के मेम्बला लगायतका गीतहरुमा पनि आवाज दिनुभएको छ ।

भिडियो हेर्नुहोस् :-

Facebook Comments