पौष ३० धादिङ

माघ १ गते सदरमुकाम धादिङबेसीमा हुने लिःल फङ घले समूदायको ल्होसर पर्वको सम्पूर्ण तयारी पूरा भएको आयोजक घले ल्होसार मूल समितिले जानकारी दिएको छ ।
धादिङबेसीमा सोमबार पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिइएको हो । ल्होसर पर्वको उद्घाटन नेकपाका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम अन्र्तगत मंगलबार बिहान १०ः३० बजे धादिङबेसी पुछारबजारबाट झाँकी सहितको ¥याली, चौरीघोडा नाँच, लामा नाँच लगायतका प्रस्तुतीहरु रहने र खुल्लामन्चमा विविध साँस्कृतिक कार्यक्रम रहने अध्यक्ष लिःल फङ घले समाजका केन्द्रिय अध्यक्ष दिनेश घलेले जानकारी दिनुभयो ।
घले जातिको मूख्य पर्वको रुपमा मानिने ल्होसर पर्वको अवसरमा देशका विभिन्न जिल्ला तथा विदेशबाट पनि सहभागी हुने उहाँले बताउनुभयो । अघिल्लो वर्षमा भएका नराम्रा विषयलाई भुलेर आगामी नयाँ वर्षमा नयाँ काम गर्ने अवसरको रुपमा घलेहरुले यो पर्व मनाउने गरेका छन् । बाइसे÷चौबीसे राज्य हुदाँ घलेहरु यसै दिनदेखि राजा फेरिने परम्परा थियो । ल्होसर पर्व मनाउन देशभरका ३६ जिल्ला र १७ देशका घले जातिका प्रतिनिधिहरुको सहभागीता रहने उहाँले बताउनुभयो ।

Facebook Comments