
माघ ८, धादिङ ।
धादिङको धुवाँकोटमा एक महिलाको खुकुरी प्रहार गरी हत्या भएको छ । निलकण्ठ नगरपालिका वडा नं १४ स्थित रातमाटे चार घरेमा केदार आलेमगर का श्रीमति २५ बर्षिया मनिका आलेमगरलाई खुकुरी प्रहार गरी हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
मनिका आलेमगरलाई मंगलबार बिहान ८ बजे आफ्नै खेतमा घाँस काट्न गएको बेला मनिकाकै भतिज नाता पर्ने १६ बर्षीय सुमन आलेमगरले घाँस काटि रहेको मौका छोपी खुकुरीले गर्धनमा हानि फरार भएको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार करिव ११ बजे जिल्ला प्रहरी कार्यालयमा खबर प्राप्त भएपश्चात प्रहरी घटनास्थल पुगेको थियो । मनिकाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।