
माघ १२ ।
धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिकास्थित बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत प्रवाह भइरहेको तारमा ना. ५ ख १७५२ नम्बरको जन्ती बोकेको बसले छुँदा दुर्घटना भएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।
घटनामा परी बसमा सवार ६ जना जन्ती घाइते भएका छन् । घाइतेहरुको अवस्थामा सामान्य रहेको र उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । मृत्यु हुनेमा ५ जनाको सनाखत भएको थपलियाले बताउनुभयो ।
मृत्यु हुनेमा सिन्धुलीका ९ वर्षका आक्रोश कुँवर, २२ वर्षका पूजा अधिकारी, उमेर खुल्न नसकेका लिला अधिकारी, धनुषा सबैला ४ पटेर्वाका केशव वेरी कुँवर रहेका छन् ।बेहुला रामवरण कुँवर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडिमा रहेकाले उनीहरु सकुशल छन् ।