माघ २२, धादिङ ।
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ बाट हिजो प्रहरीले एकथान चाईनिज पेस्तोल र त्यसमा लाग्ने ७ राउण्ड गोलिसहित तीनजना युवालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खनियाबास गाउँपालिका वडा नम्बर ५ सत्यदेवि स्थायी ठेगाना भएका बर्ष ३० को आशिष थापा मगर, बर्ष २५ को नारायण थापा मगर र बर्ष २३ को विशाल गुरुङ भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित श्री मण्डली उच्च माध्यमिक विद्यालयमा सञ्चालन भैरहेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता स्थालमा खटिएका सुरक्षाकर्मिको टोलिले निजहरुमाथी शंका लागी चेकजाँच गर्दा पेस्तोल सहित पक्राउ परेको हो । सोहि स्थानमा अनुुुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धादिङबाट थप प्रहरी परिचालन गरिएको पनि जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Facebook Comments