
माघ २२, वासिङ्टन ।
अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सिमा क्षेत्रमा थप तीन हजार ७०० अमेरिकी सेना परिचालन गरेको छ । सिमा क्षेत्रमा यसअघि खटिएका कर्मचारीहरुलाई सघाउनका लागि भन्दै अमेरिकाले तीन महिनाका लागि सेना पठाइएकोे पेन्टागनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । मेक्सिकोमा सिमा सुरक्षाका लागि बजेट छुट्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावप्रति सांसदहरुले विमति जनाएपछि सम्झौताको प्रयास भईरहेका वेला सिमा क्षेत्रमा थप सेना पठाइएको हो । राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सिमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने प्रस्ताव पटक पटक गर्दै आउनुभएको छ । ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतिय निर्वाचनका बेला मेक्सिकोसँगको सिमा क्षेत्रमा पर्खाल लगाउने मुख्य चुनावी एजेण्डा बनाउनु भएको थियो । यो एजेण्डालाई अमेरीकि संसदले अस्वीकार गर्दा राष्ट्रपति ट्रम्पका लागि यो विषय निकै चुनौती बन्दै गएको छ ।