
फागुन १९ ।
पोखराको फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु भएको छ ।
सारङकोटबाट उडेका रोमानीयाका नागरिक एड सिजरको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्याराग्लाईडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेको उद्धार टोलीले उहाँलाई अस्पताल र्पुयाइएको थियो ।
प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीको भनाइ छ ।