
कात्तित्क २३, धादिङ ।
यतिबेला प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार तथा राजनीतिक दलहरु चुनावी दौडाहामा लागीपरेका छन् । राजनीतिक दलहरु अगुवा कार्यकर्ता अभिमुखीकरण गर्ने, गठबन्धनको बैठक बस्ने र घरदैलो कार्यक्रम तथा सामाजिक सञ्चालमार्फत मत माग्नमा व्यस्त रहेका छन् । आगामी मंसिर १० गते हुने प्रतिनीधि सभा र प्रदेशसभा सदस्य चुनावको लागि दलहरु गाउगाउमा प्रचारप्रसार समिति नै बनाएर लागी परेका छन् । जिल्लाका दुइटै निर्वाचन क्षेत्रमा भोट माग्न नेताहरू गाउगाउ हिडेका छन् । यही क्रममा बाम गठबन्धन गरेका दल नेकपा एमाले र माओवादी केन्द्रले आज निलकण्ठ नगरपालिकाको वडा नं ८,९,१०र ११ मा उम्मेदवार मतदाता भेटघाट कार्यक्रम गरेको छ । नेकपा एमालेका प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर २ क का उम्मेदवार डा.रामकुमार अधिकारी, नेकपा एमालेका पूर्व सभासद गुरु प्रसाद बुर्लाकोटि र निलकण्ठ नगरपालिकाका उपमेयर एवम् माओवादी केन्द्र धादिङका सचिव मनराज भण्डारीको नेतृत्वमा उम्मेदवार मतदाता भेटघाट कार्यक्रम गरिएको छ । यसैगरि नेकपा एमालेका प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार खेम लोहनीको नेतृत्वमा उत्तरी धादिङको लापाको लाप्चेत हुदै कपुर गाउमा कोणसभा तथा मतदाता उम्मेदवार भेटघाट कार्यक्रम गरिएको जानकारी प्राप्त भएको छ ।
यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका कानुन न्याय तथा संसदीय ब्यवस्था राज्यमन्त्री दिलमान पाख्रिन, प्रदेश २९क० मा काँग्रेसका उम्मेदवार रमेश धमला, प्रदेश नम्वर २ ख का उम्मेदवार राष्टिय प्रजातन्त्र पार्टीका डम्बर बहादुर तामाङको नेतृत्वमा विभिन्न ठाउमा चुनावी प्रचारप्रसारको काम भइरहेको छ । यहीक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा २ ९ख० अन्तर्गत पर्ने त्रिपुरासुन्दरी गा‘ंउपालिकामा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत उम्मेद्वार मतदाता भेटघाट कार्यक्रम भएको छ । तुलनात्मक रुपमा अरू गा‘ंउपालिकामा भन्दा त्यस गाउँपालिकामा मतदाताको संख्या धेरै भएकोले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरू त्यहा‘ंको मतदाताको समस्याहरू पहिचान गरी उक्त समस्यालाई समाधान गर्न आफ्नो रणनीति बनाउदैं स्थानीय जनसमुदाय संग राय, सल्लाह, सुझाव लिने र ठाउँठाउमा कोणसभा मार्फत आफ्नो धारणा राख्दै उम्मेद्वार मतदाता भेटघाट कार्यक्रम चलिरहेको नेपाली कांग्रेस जिल्ला समिति सदस्य नवराज तिमल्सिनाले जानकारी दिनुभयो ।
