वैशाख १९, धादिङवेशीं ।

धादिङवेशीं स्थित निलकण्ठ माध्यमिक विद्यालयमा विहिबार वैदेशिक रोजगार सम्बन्धी सडक नाटक मञ्चन गरिएको छ । माईती नेपालको आयोजना, जिल्ला प्रहरी कार्यलय धादिङ र महिला तथा वालवालिकाको कार्यलय धादिङको समन्वयमा नाटक मञ्चन गरिएको हो ।

नाटकमा वैदेशिक रोजगारीमा देखिएको वर्तमान समस्या, श्रम शोषण, वैदेशिक यात्रामा जाँदा अपनाउनुपर्ने सावधानी, नेपालमा मानव वेचविखनको अवस्था, मानव वेचविखन कसरी हुन्छरु वैदेशिक यात्रामा जाँदा लिनुपर्ने श्रम स्विकृति लगायतका विषयवस्तु समावेश भएका थिए । वैदेशिक रोजगारीमा जाँऔं तर भाषा, सिप सिकेर बुझेर मात्र जाऔं भन्ने उद्देश्यले नाटक मञ्चन गरिएको नाटकका कलाकार सम्मी राईले बताउनुभयो ।

यसैगरि नाटक सुरु हुनुभन्दा अघि जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी, महिला तथा वालवालिकाको कार्यलय धादिङका कर्मचारी, माईती नेपालका कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावकहरुको सहभागीतामा जनचेतनामुलक ¥याली निकालिएको थियो । भोली शुक्रबार नेत्रावती गाउँपालिकामा नाटक मञ्चन गरिने आयोजक माईती नेपालले जनाएको छ ।

Facebook Comments