बैशाख ३०,धादिङ ।

इण्डियन प्रिमियर लिग (आईपिएल) को उपाधि मुम्बई इण्डियन्सले जितेको छ । चेन्नई सुपर किंग्सलाई एक रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो । भारतको हैदरावाद स्थित राजीव गान्धी अन्तर्रािष्ट्रय क्रिकेट मैदानमा हिजो बेलुका सम्पन्न भएको खेलमा मुम्बई इण्डियन्सले टस जितेर पहिले ब्याटिङ गरेको थियो । मुम्बईले चेन्नईलाई १५० रनको लक्ष्य दिएको थियो । तर जवाफी ब्याटिङ गरेको चेन्नईले निर्धारीत लक्ष्य २ रनले पुरा गर्न सकेन । २० ओभर ब्याटिङ गरेको चेन्नईलाई अन्तिम बलमा २ रन आवश्यक थियो । तर मुम्बईका लासिथ मालिङ्गाले विकेट लिदैँ मुम्बईलाइ उपाधि जिताएको थियो ।
चेन्नईका लागि सेन वाट्सनले ८० रन जोडे पनि जितका लागि र्पयाप्त भएन । चेन्नईको लगातार विकेट गएता पनि ओपनर ब्याट्सम्यान वाट्सनले आफ्नो पारी सम्हाल्दै टिमलाई अगाडि बढाएको थियो । तर वाट्सन अन्तिम ओभरमा रन आउट भएपछि खेल फर्किएको थियो । यता मुम्बईका लागि भने जसप्रित बुम्राले २ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दा केवल १४ रन खर्चेको थियो । त्यस्तै राहुल चहारले पनि १४ रन खर्चिएर एक विकेट लिएका थिए ।

मुम्बईका लागि सबैभन्दा धेरै रन किरन पोलार्डले नटआउट ४१ रन बनाएको थियो । त्यस्तै क्वान्टन डिककले २९ र इसान किसानले २३ रन बनाए । चेन्नईका दिपक चहारले एक्लैले तीन विकेट लिए । त्यस्तै इमरान ताहिर र शार्दुल ठाकुरलले भने दुई–दुई विकेट लिए । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले यो सहित चौथो पटक आईपीएलको उपाधि जितेको हो । मुम्बई इन्डियन्सले यस अघि पनि सन् २०१३, २०१५ र सन् २०१७ मा उपाधि जितेको थियो ।

Facebook Comments