
जेठ २६, धादिङ ।
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको पण्डीत चौउर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । लक्ष्मी हार्डवर धादिङवेशी पुछार बजारका प्रोपाईटर रमेश ढकाल र बाबु जनराज ढकालले संयुक्त रुपमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।
आमा वुवा गुमाएका असहाय गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो । विद्यालयमा अध्ययनरत कक्षा १ देखी ५ कक्षा सम्मका १६ जना विद्यार्थीहरुलाई झोला, कपि, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको रमेश ढकालले जानकारी दिनुभयो ।
आर्थिक अभावका कारण कोही पनि वालवालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको ढकालले बताउनुभयो । वुवा आमा भएका वालवालिकाले त सजिलै पढ्न सक्छन् तर आमा वुवा गुमाएका विद्यार्थीहरुले भने पढ्न नसक्ने भएकाले प्रति विद्यार्थीलाई ११ सय बराबरको शैक्षिक सामाग्री वितरण गरेको ढकालले बताउनुभयो ।