
जेठ २६, धादिङ ।
नेपाली कथानक चलचित्र “लभ हो” को आज धादिङबेसीमा एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । सन्तोष काफ्लेको निमार्ण तथा सुवास जि.सी.को निर्देशनमा बन्न लागेको चलचित्र लभ होको आज नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले नरिवल फुटाएर चलचित्रको शुभारम्भ गर्नु भयो ।
सामाजिक सन्देशलाई मुख्य विषयवस्तु बनाएको चलचित्र धादिङको नीलकण्ठ नगरपालिका भित्रका विभिन्न ठाउँहरु र मुस्ताङको मुक्तिनाथ मन्दिरसम्ममा छायाङ्कन गरिने बताइएको छ । प्रदिप जि.सी, विश्व देवकोटा, रवि भट्टराई, प्रकाश ढकाल सहायक निर्माता रहनुभएको चलचित्रमा सन्तोष काफ्लेको कथा रहेको छ । चलचित्रमा सितल केसि सुवास अर्याल, दिप्ति तामाङ, विशाल लिम्बू, प्रतिभा ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
चलचित्र लभ हो मा विश्व देवकोटाको गीत र वसन्त सापकोटाको सङ्गीत रहेको छ भने मेलिना राई, वसन्त सापकोटा, राज सिग्देल लगायतका चर्चित कलाकारहरुले स्वर दिएका छन् । ईन्जोए मुभिज् प्रा।लि। र यूनिक मिडिया नेटवोर्कको संयुक्त प्रश्तुती रहने चलचित्रमा समाजमा भएको हत्या, हिंसा, बलात्कारको घटनालाई यथार्थ रुपमा देखाउने उदेश्यले निर्माण गर्न लागिएको निर्देशक जि.सी ले बताउनु भयो ।
चलचित्रको विषयवस्तु र लागतको बारेमा आजै धादिङबेसीमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको थियो । चलचित्र निर्माण गर्न ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने चलचित्र एकमहिनामा निर्माण सम्पन्न गरि सिनेमाहलमा पुर्याउने पनि निर्देशक जि.सी ले बताउनु भयो ।