
अषाढ १२, धादिङ ।
पृथ्वीलोकमार्ग अन्र्तरगत धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानमा आज विहान २ बजे वालुवाको लेदो पहिरो जाँदा हजारौं सवारी साधन अलपत्रमा परेका छन् ।
सडकको ५ किलोमिटर वरपर हिलो लेदो सहितको पहिरोका कारण काठमाण्डौंको नाकढुङ्गा र गजुरी बजार सम्म सवारी जाम रहेको छ । विहान ४ बजेबाट एकतर्फी रुपमा सवारी संञ्चालनमा ल्याईएपनि फेरी माटो वालुवा मिश्रित लेदो पहिरो खस्दा ६ बजेबाट दुवैतर्फी सवारी आवागमन ठप्प रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्ष रुपक खड्काले जानकारी दिनुभयो ।
सडक विभाग, शसस्त्र प्रहरी, स्थानियहरुको सहयोगमा अहिले पहिरो हटाउने प्रयास भईरहेको छ । अबको १ घण्टा पछि सवारी साधन संञ्चालनमा आउन सक्ने प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।