भदौं ४, धादिङ ।
झुटो विवरण पेश गरि नागरिकता बनाइएको आधारमा जिल्ला प्रहरी कार्यलय धादिङले २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० बस्ने ५१ वर्षिय बुद्धि बहादुर प्रजाले आफ्नो भाई भनि झुठ्ठा विवरण पेश गरी २२ वर्षिय प्रेम बहादुर चेपाङको नाममा नागरिकताको प्रमाण पत्रको लागी सिफारिस गरी नागरिकता लिएकाले दुवै जनालाई नियन्त्रणमा लिई झुटो विवरण पेश गरी नागरिकता लिएको शिर्षकमा मद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय धादिङको हिरासत कक्षमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।