
भदौ १२, धादिङ ।
धादिङको बेनिघाट रोराङ गाउपालिका वडा नम्बर २ ताल्तीमा रहेको पिपलभन्ज्याङ मा.विमा पोषण स्वास्थ्य शिबिर संचालन गरिएको छ । बेनिघाट रोराङ गाउपालिका, नेपाल युथ फाउन्डेशन र शान्ती नेपालको सम्युक्त आयोजनामा पोषाण स्वास्थ्य शिबिर संचालन गरिएको हो ।
पोषण स्वास्थ्य शिबिरमा बालबालिकाको तौल तथा उचाइ अनुगमन गर्नुका साथै पोषण स्वास्थ्य शिक्षा दिइएको थियो । पोषण स्वास्थ्य शिबिरमा ५ सय ३३ जना बालबालिकाको तौल रथा उचाइ अनुगमन गर्नुका साथै सामन्य स्वास्थ्य परिक्षण गरिएको थियो ।

जसमध्ये २६ जना बालबालिका मध्यम कुपोषण र १० जना बालबालिका शिघ्र कुपोषण रहेको भेटीएको छ । कडा शिघ्र कुपोषण र मध्येम कुपोषण भएका बालबालिकाको थप उपचारका लागि पोष्ण पुन :स्थापना केन्द्र सुनाकोठीमा सिफारिस गरिएको छ । शिविरमा पोषण स्वास्थ्य शिक्षाबारे समेत जानकारी गराइएको शान्ती नेपालका उद्धव चेपाङले जानकारी दिनुभयो । पोषणको आवश्यकता तथा महत्त्व, कुपोषण, कुपोषणका कारण लक्षण तथा रोकथाम, स्थानिय स्तरमा पाइने खाना र यसको पोषण महत्त्वका बिषयमा समेत जानकारी गराइएको थियो ।
