भाद्र १७ ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई अनिवार्य बैंक खाता खोल्नु पर्ने व्यवस्था गरेको छ ।

वैदेशिक रोजगार विभागले आजदेखि नै लागू हुने गरी विदेश जाने नेपाली कामदारलाई बैंक खाता अनिवार्य गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले कमाएको रकम हुण्डीका रूपमा कारोबार हुने प्रवृत्तिलाई पूर्ण रूपमा रोक्नका लागि बैंक खाता अनिवार्य गरिएको विभागका महानिर्देशक डाक्टर भीष्मकुमार भुसालले बताउनुभयो ।

Facebook Comments