
भाद्र १९ धादिङ ।
भारतीय राष्ट्रिय टिमका क्रिकेटर मोहमद सामीविरुद्ध वेस्टबंगालको एक अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अदालतले सामीकी श्रीमती हसिना जहानले दायर गरेको रिटमाथी सुनुवाई गर्दै उनलाई पक्राउ गर्न आदेश दिएको हो । श्रीमती हसिनाले गत वर्ष मार्चमा आफूलाई मार्ने प्रयास गरेको आरोपसहित सामीविरुद्ध घरेलु हिंसाको विषयमा अदालतमा रिट दायर गरेकी थिइन् । उनले रिटमा सामीकी आमा र दिदीले समेत आफूलाई मार्नका लागि षड्यन्त्र गरेको दाबी गरेकी छिन् । अदालतले क्रिकेटर सामीलाइ आगामी १५ दिन भित्र आफैँले आत्मसमर्पण गर्न र तोकिएको समय भित्र हाजिर नभए पक्राउ गर्न अदालतले आदेश दिएको छ ।
सामीका वकिल सलिम रहमानले भने हसिनाको दाबीलाई अस्वीकार गरेका छन् । यता हसिनाका वकिल अनिर्बन गुहा ठाकुर्ताले भने अदालतको आदेशको पालना गरेर उपस्थित हुने वा लडाइँ छाडेर मेलमिलापमा बस्ने उपाय सामीसँग रहेको बताएका छन् । सामी हाल भारतको सिनियर राष्ट्रिय टोलीसँगै वेस्टइन्डिज भ्रमणमा छन् ।