नायिका परमिता आरएल राणाले तेलुगु फिल्ममा अभिनय गर्नु हुने भएको छ ।  तेलुगु फिल्म उद्योगका सुपरस्टार भनेर चिनिने गोपीचन्दको शीर्ष भूमिका रहने फिल्ममा परमिताले अभिनय गर्नु हुने भएको हो ।

फिल्मको नाम भने अझै तय भइसकेको छैन । फिल्म ‘चपली हाइट २’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी परमिताले अभिनय गरेको फिल्म ‘चंगाचेट’ गतवर्ष रिलिज भएको थियो ।

फिल्ममा परमिताको जोडी अभिनेता गोपीचन्दसँग रहनेछ । पहिलोपटक तेलुगु फिल्ममा अभिनय गर्न पाउँदा आफू निकै उत्साहित भएको परमिताले बताउनुभएको छ । सामाजिक सञ्जालमा परमिताले  एक लामो स्टाटस लेख्दै आफू निकै उत्साहित भएको बताउनुभएको छ ।


ADVERTISEMENT


साथै परमिताले फिल्म टिमसँगका केही तस्वीर समेत शेयर गर्नुभएको छ । यद्यपि परमिताले अभिनय गरेका नेपाली फिल्म भने व्यावसायिक रुपमा खासै सफल छैनन् ।

परमिताको फेसबुक पोष्ट  :

https://www.facebook.com/paramitap/posts/10156256405205870

Facebook Comments