
असोज १०, धादिङ ।
मोवाईल फोन र सामाजिक संञ्जालको दुरुपयोगका विषयमा आज निलकण्ठ नगरपालिकाको वडा नम्बर ८ ससाहमा रहेको देउराली माध्यमिक विद्यालयमा ‘फेसबुक’ नामक सडक नाटक मञ्चन गरिएको छ ।
नाटक थिएर नेपालको आयोजना, त्रिमुर्ती मोवाईल हाउस, एवान बेकरी र महारुद्र ईट्टा उद्योगको सहयोग तथा देउराली माध्यमिक विद्यालयको सम्न्वयमा नाटक मञ्चन गरिएको हो । नाटकमा विद्यालय उमेरका वालवालिकामा मोवाईल फोनको प्रयोगको वेफाईदा, सामाजिक सञ्जाललाई सहि ढङ्गले प्रयोग नगर्दा दैनिक जिवनयापनमा पर्न जाने असरहरु, सामाजिक संञ्जालको दुरुपयोग लगायतका विषयवस्तु समेटिएको थियो ।

नाटकको विषयवस्तु समयानुकुल भएकाले समाजका हरेक क्षेत्रहरुमा यस्ता खाले नाटकको आवश्यक रहेको नाटक हेरिसकेपछि दर्शकहरुले प्रतिक्रिया दिएका थिए । सामाजिक संञ्जालको दुरुपयोगका कारण विभिन्न ठाउँमा दुखद घटनाहरु पनि घटेका कारण नाटकले राम्रो सन्देश दिएको भन्दै विद्यालयका प्रधानध्यापक खिलबहादुर धमलाले नाटक समुहलाई धन्यावाद व्यक्त गर्नुभएको थियो । नेपाली नाटकको विकाश र प्रवर्दन गर्ने र नाटकिय माध्यमद्वारा समाजमा चेतना फैलाउँदै समाज परिवर्तन गर्न र बौद्धिक एवं शिक्षित समाज निर्माण गर्ने उद्देश्यले नाटक थिएर नेपाल स्थापना भएको संस्था हो ।
