
कात्तिक २६, धादिङ ।
धादिङको वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर १ सुन्दरनागीमा ३८ रोपनी जग्गामा लगाईएको अबैध गाँजा खेती नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यालय वेनिघाटबाट प्रहरी नायव निरिक्षक शंकर प्रसाद चौधरीको कमाण्डमा खटिई गएको १५ जनाको प्रहरी टोलीले गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
गाँजा फडानी गरि आगो लगाएर नष्ट गरिएको प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो ।