कात्तिक २९, धादिङ

दुइ मोटरसाइकल ठोक्किदा एकजनको मृत्यू धादिङको वेनिघाट रोराङ गाउँ पालिका वडा नं. ३ मलेखुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान मलेखुबाट बेनिघाटतर्फ जादै गरेको बा ९३ प १७९३ नं. पल्सर मोटर साइकल र विपरित दिशाबाट आउँदै गरेको लु ४४ प १४९९ नं. को बुलेट मोटर साइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो । पल्सर मोटर साइकल चालक बेनिघाट रोराङ गाउँ पालिका वडा नं. ३ बस्ने वर्ष २५ का अशोक मगरलाई दुर्घटना लगतै राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारका लागि लगिएको थियो । तर उपचारका क्रममा मगरको मृत्यू भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका अन्य ३ जना घाइतेहरुको थप उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौ पु¥याइएको छ । घाइतेहरुमा शिद्धालेक गाउँ पालिका वडा नं. ६ का वर्ष २१ का सन्तोष श्रेष्ठ, रुपन्देही बुटवलका वर्ष ३९ का प्रदिप काफ्ले र सोही ठाउँका वर्ष २९ का अमिर न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो ।

Facebook Comments