
९ चैत्र,२०७६
प्रधानमन्त्रि निवास बालुवाटारमा आज साँज बसेको मन्त्रिपरिषद् बैठकले भोली सोमबार अर्थात चैत्र १० गते बिहान १० बजेदेखि एक हप्तासम्म अर्थात आगामी चैत्र १७ गतेसम्म भारत र चीनसँगको सबै सीमा नाकाको आवागमन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ध्यान दिँदैे मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आवत जावत बन्द गर्ने निर्णय गरेको हो । यस्तै कोभिड १९ को महामारीका रोकथामका लागि चिकित्सकहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षाका उपकरणहरु, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटर लगायतका सामग्री किन्न रु.५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय गरिएको छ । उक्त कोषका लागि मौजुदा मन्त्रिपरिषदका सबै मन्त्रीले १ महिना बराबरको पारिश्रमिक दिने निर्णय पनि गरिएको सरकारका एक मत्रीले सञ्चार माध्यमहरुलाइ जानकारी दिएको छ ।