
कात्तिक ३०, धादिङ ।
धादिङको गल्छी गाउँपालिका वडा नम्बर १, २, ८ र ९ मा रहेको १६ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कल्लेरी सामाुदायिक सिकाई केन्द्रको आयोजनामा दलित, अपाङ्गता भएको तथा पिछडिएका ७९ जना विद्यार्थीहरुलाई हिजो एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई स्कूले झोला सहित शैक्षिक सामाग्री वितरण गरिएको केन्द्रका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो ।
शैक्षिक सामाग्रीले आफुहरुलाई पढ्नमा हौसला मिलेको प्रतिक्रिया दिएका थिए । वागेश्वरी माध्यमिक विद्यालयका स्रोत व्यक्ती रामजी गौतको प्रमुख आतिथ्य रहेको कार्यक्रममा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सोडा नन्द खनाल, १६ वटै विद्यँलयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।