धादिङमा शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या १ सय १७ पुगेको छ । शनिबार धादिङमा गजुरी गाउँपालिकाको २ जना र गल्छि गाउँपालिकाका १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
गजुरी आदर्श माध्यमिक विद्यालयको क्वारेन्टाईरमा रहेका गजुरी १ का एक जना पुरुष र आदमघाटको एक होटलको क्वारेन्टाईमा बसिरहेका भारतबाट सिए पढेर आएका पोखराका एक पुरुषमा कोरोना पुष्टी भएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक रामहरी रेग्मीले जानकारी दिनुभयो । स्वास्थ्य संयोजक रामहरी रेग्मी आवाज
यस्तै गल्छी गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यलय धादिङका प्रमुख डा.भुवन पौडेलले जानकारी दिनुभयो । धादिङको १३ स्थानिय तहमध्ये नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै ६० जना, ज्वालामुखी गाउँपालिकामा. २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा १८ जना, सिद्धलेकमा ३ जना, नेत्रावती डब्जोङमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बेनिघाट रोराङमा १, गल्छीमा २ जना,थाँक्रेमा १ जना, धुनीबेसी नगरपालिकामा १ जना र गजुरी गाउँपालिकामा ३ जना गरी जिल्लामा कोरोना संक्रमितको संख्या १ सय १७ पुगेको छ । संक्रमित मध्ये २३ जना निको भएका छन् । नेत्रावती डबजोङ गाउँपालिकाका एक पुरुष, गल्छी गाउँपालिकाकी एक महिला र थाँक्रेका एक पुरुष, सिद्धलेकको एक महिला र एक पुरुष निको भएर घर फर्किसकेका छन् । त्यस्तै धुनिबेशीकी कोरोना संक्रमित महिला र नीलकण्ठ नगरपालिकाका १७ जना गरी हालसम्म जिल्लामा २३ जना निको भएर घर फर्किएका छन् ।