भाद्र २२, धादिङ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आगामि २६ गतेको लागि आह्वना गरिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार दुई अध्यक्षबीच १३ साउनमा स्थगित स्थायी कमिटी बैठक यहि भाद्र २६ गते बोलाउने सहमति भएको हो । अब बस्ने स्थायी कमिटी बैठकमा पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको सुझावहरुबारे छलफल हुने बुझिएको छ ।
यसअघिको बैठकमा स्थायी कमिटीका बहुसंख्यक सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि बैठक स्थगित गरिएको थियो । पछिल्लो समय सहमति बनेपछि डाकिएको यस पटकको स्थायी कमिटी बैठकलाई निकै अर्थपूर्ण मानिएको छ ।

Facebook Comments