धादिङमा मंगलबार १४ बर्षको बालीका सहित थप ७ जनामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको छ ।
कन्ट्याक्ट टे«सिङ र स्व इच्छाले आफ्नै खर्चमा पिसिआर परिक्षण गरीएकोमा मंगलबार थप ७ जनामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि हुनेमा बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ७ का १४ बर्षको बालीका, २६ बर्षको महिला, ३४ बर्षको पुरुष, बेनिघाट रोराङ गाउपालिका वडा नम्बर २ का १९ बर्षका पुरुष, थाक्रे गाउपालिका वडा नम्बर १ र ११ का क्रमश ३८, ३६ बर्षका पुरुष र निलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३० बर्षका महिला रहेका छन् । योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या ४ सय ९६ पुगेको छ ।
त्यस्तै कन्ट्याक्ट टे«सिङको आधारमा थाक्रे गाउपालिकाका १६ जनाको स्वाब सङ्कलन गरी पिसिआर परिक्षणको लागि मंगलबार काठमाडौ पठाईएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।