धादिङमा आईतबार १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने सबै गल्छी गाउपालिकाको रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा गल्छी गाउपालिका वडा नम्बर ४ का ८३, ६१, ७० बर्षीय पुरुष, सोहि वडा नम्बरका ८२, ४० बर्षीया महिला, गल्छी गाउपालिका वडा नम्बर १ का २०, २८ बर्षीय पुरुष, २२ बर्षीया महिला छन् ।

यस्तै गल्छी गाउपालिका वडा नम्बर २ का ३३ बर्षिय पुरुष, २४ बर्षीया महिला, गल्छी गाउपालिका वडा नम्बर ६ का ४४, ३९ बर्षीय पुरुष र गल्छी गाउपालिका वडा नम्बर ७ का २९ बर्षीय महिला रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीको सङ्ख्या १ हजार २ सय २८ पुगेको छ ।

Facebook Comments