
धादिङको १३ ओटै स्थानिय तहमा रहेको विद्यालयहरुको चौमासिक समिक्षा वैठक आईतबार बसेको छ ।
वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा समिक्षा वैठक बसेको हो । जिल्ला शिक्षा समन्वय ईकाई धादिङको आयोजनामा भएको वेठकमा नगरपालिका तथा गाउँपालिकाका शिक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो । कोरोना महामारीमा पनि भौतिक संरचना सुधारमा उल्लेख्य कार्य गरेको भन्दै चन्द्रोदय माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा घोषणा गरिएको छ ।
यस्तै वागेश्वरी माधयमिक विद्यालयलाई प्रदेशको नमुना उन्मुख विद्यालयको रुपमा घोषणा गरिएको छ । भने शैक्षिक गतिविधिमा उत्कृष्ट कार्य गर्ने स्थानिय तहमा वेनिघाट रोराङ गाउँपालिकालाइृ चुनिएको छ । शिक्षा समन्वय ईकाई धादिङका प्रमुख अम्बीका प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको वैठकमा १३ ओटै गाउँपालिको शिक्षा क्षेत्रमा भएको कार्यक्रम, गतिविधि, सुधार गर्नुपर्ने पक्षहरुका विषयमा छलफल भएको थियो ।