
(फाईल तस्विर)
मंसिर ५, धादिङ ।
पृथ्वी राजमार्ग स्थित विहानी पम्प नजिकै आज सकेट बम भेटिएको छ ।
बम भेटिएपछि अहिले राजमार्ग क्षेत्र अवरुद्ध बनेको जिल्ला ट्राफिक कार्यालय गजुरीले जनाएको छ ।
सेनाको डिस्पोजल टोली यतिखेर घटनास्थल पुगेको छ । आईतबार जिल्ला निर्वाचन कार्यालयमा पनि सकेट बम भेटिएको थियो ।