
धादिङमा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकामा १, धुनिबेसी नगरपालिकामा २, गल्छी गाउपालिकामा २ र नेत्रावती गाउपालिकमा ६ गरेर सोमबार जिल्ला भित्र ११ जना रहेका छन् भने जिल्ला बाहिरको पोजिटिभको संख्या १० रहेको छ । जिल्ला भित्र अहिले सम्म जम्मा सक्रिय केश २१६ र जिल्ला बाहिर ११० गरेर धादिङ्गको सक्रिय केश ३२६ जना पुगेको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्क छ । संक्रमितमध्ये आज ६ जना निको भएर डिस्चार्ज भएका छन् ।
यस्तै जिल्ला भित्र होम आइसोलेसनमा बस्ने संख्या १९८, हस्पिटल आइसोलेसनमा १८ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर होम आइसोलेसनमा १०५ र हस्पिटल आइसोलेसनमा ५ जना रहेका छन । आज गल्छी गाउपालिकामा १५ र जिल्ला अस्पतालमा १०० जना गरि धादिङ्ग जिल्ला भित्र जम्मा ११५ स्वाब संकलन भएको छ।