२८ जेठ, धादिङ ।
(कोभिड -१९)  कोरोना भाईरस महामारीका कारण अधिल्लो वर्ष स्थगित भएको युरो कप २०२० फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आज पूर्व विजेता इटली र टर्की बीचमा खेल हुनेछ । प्रतियोगिताको सुरुवात आज ११ जुनदेखी हुनेछ । नकआउट चरणका खेलहरू २६ जुनदेखि सुरु हुनेछन् । र ११ जुनमा लन्डनको वेम्बली रंगशालामा फाईनल खेल हुनेछ ।

यस पटक ११ वटा देशका ११ सहरमा प्रतियोगिताका खेलहरू हुनेछन् । यति धेरै देश एकै संस्करणमा आयोजक बनेको यो पहिलो पटक हो । प्रतियोगिताका खेलहरू लन्डन, सेन्ट पिटर्सवर्ग, बाकु, म्युनिख, रोम, एम्स्टरड्याम, बुचारेस्ट, बुडापेस्ट, कोपेनहेगन, ग्लासगो र सेभियामा आयोजना हुनेछन् । प्रतियोगितामा २४ वटा टोली सहभागी छन् । उनीहरूलाई ६ वटा समूहमा बाँडिएको छ । प्रतियोगितामा कुल ५१ खेल हुनेछन् ।

समूह ए    : टर्की, इटली, वेल्स, स्विजरल्यान्ड
समूह बी   : डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रुस
समूह सी   : नेदरल्यान्डस्, युक्रेन, अस्ट्रिया, उत्तरी मेसिडोनिया
समूह डी   :इङ्ल्यान्ड, क्रोयसिया, स्कटल्यान्ड, चेक गणतन्त्र
समूह ई     :स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफ : हङ्गेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

 

Facebook Comments