धादिङ इसाई समाज धादिङले बेनिघाट रोराङका विपन्न चेपाङ परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरेको छ ।
इसाई समाजले बेनिघाट रोराङ गाउपालिका वडा न ९ ऐवाङ र वडा न २ ताल्तीका चेपाङ समुदायलाई १०० बोरा चामल सहित तेल, नुन लगाएतका खाद्य सामग्री सहयोग गरेको धादिङ इसाई समाजका अध्यक्ष पास्टर लेक बहादुर तामाङले जानकारी दिनुभयो ।
पाखो वारी त्यसमा पनि विभिन्न रोगले उव्जनी घट्दै गएको यो अवस्थामा अन्य बैकल्पिक खेती प्रणाली र खेतीपातीमा जोड दिन तामाङले आग्रह समेत गर्नुभयो । पाखो बारीमा भएको उव्जनी पनि सकिएको र निशेधाज्ञका कारण मजदुरी गर्न नपाएका चेपाङ समुदायमा अहिले खाद्य सकंट परेको छ ।
कोरोना भाइरसका कारण निशेधाज्ञ लम्विए सगैँ अहिले विभिन्न अभियान र गैरसरकारी सस्थामार्फत बेनिघाट रोराङका विभिन्न गाउँका चेपाङ समुदायमा खाद्य साम्रगी सहयोग गर्ने क्रम बढेको छ ।
राहत वितरण फोटोमा हेर्नुहोस् :
