
अविरल बर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको वेनिघाट रोराङ गाउँपालिका स्थित जवाङ खोलामा लेदो खसेकाले सडक अबरुद्ध बनेको छ ।
रातीदेखी नै लेदो खसिरहेकाले दुई तर्फी नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । अहिले डोजरले लेदो हटाउने काम भइरहेको छ ।