
त्रिशुली नदिमा विहिबार विहान ८ बजेको समयमा माछा मार्ने क्रममा एक जना युवालाई बगाएको छ ।
धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ५ विशालटार बस्ने २० वर्षिय लक्ष्मण विसुराललाई त्रिशुली नदिले वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
वेपत्ता युवाको खोजी कार्य भईरहेको छ ।