३० आसार,धादिङ ।
सोमबार सर्वोच्च अदालतको फैसला तथा परमादेश पछि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त हुनुभएको छ । मंगलबार देउवा प्रधानमन्त्रीमा नियुक्त भए पश्चात निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार सरकारी निवास बालुवाटार छाड्नुभएको हो । अपरान्ह बालुवाटारबाट निस्कनुभएका ओलीलाइ राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुका युवाहरुले स्कटीङ गरी ओलीनिवास भक्तपुरको बालकोट सम्म पु¥याएको हो । ओलीलाई विभिन्न स्थानमा नागरीक अभिनन्दन र बाजागाजा सहित बालकोटमा भव्य स्वागत गरेको थियो । आफ्नै निवासमा उपस्थित नेता कार्यकर्ताहरुको माझमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो कार्यकालमा देशको विकास र समृद्धीको लागि धेरै राम्रा कामहरु गरेको बताउनुभयो । साथै आफ्नो राम्रो कामबाट देशि, विदेशि प्रतिकृयावादी शक्तिहरु आत्तिएको र सोहि कारण सर्वौच्च अदालतलाइ प्रभावमा पारी राजनैतिक फैसला गरी आफूलाइ हटाएको बताउनुभयो ।

नेकपा एमालेको पार्टी भीत्रको अन्तरद्धन्द्धको विषयमा बोल्दै अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नै पार्टीको सरकार अपदस्थ गर्न विपक्षी गठबन्धमा लागि अगुवाई गरेको आरोप लगाउनुभयो । नेता नेपालको लागि पार्टीमा गल्ति, कमी कमजोरी स्वीकार्ने र आत्मालोचना गर्ने कुनै स्थान नभएको बताउनुभयो । साथै अन्य नेताहरुका लागि भने गल्ती, कमजोरीहरु स्वीकार गरी आत्मालोचना सहित पार्टीमा रहेर आ–आफ्नो जिम्मेवारी वहन गर्न आग्रह गर्नुभएको छ । सोमबारको सर्वोच्च अदालतको फैसला तथा परमादेश पछि नेकपा एमालेको आन्तरीक समस्या समधान हुने कुरामा थप अन्यौलता थपिएको छ ।

Facebook Comments