२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

श्याम सितल एनआरएनए जापानको सचिवमा निर्वाचित

श्याम सितल एनआरएनए जापानको सचिवमा निर्वाचित
सेयर गर्नुहोस्
०सेयर

चर्चित गायक तथा संञ्चारकर्मी श्याम कुमार श्रेष्ठ (श्याम सितल) एनआरएनए जापानको सचिवमा निर्वाचित हुनुभएको छ ।

आफू निर्विरोध सचिवमा निर्वाचित भएको श्याम सितलले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउनुभएको हो । एनआरएनए जापानको दुईजना सचिव हुने प्रवाधान अनुरुप दुई जनाको मात्रै सचिव पदमा उम्मेदवारी परेको थियो ।

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको सचिब पदमा निर्वाचित हुन पाएकोमा खुशी व्यक्त गर्दै साथ र सहयोगका लागि सबैलाई धन्यवाद दिनुभएको छ । धादिङका गंगाजमुना गाउँपालिका घर भई जापान बस्दै आएका राजकुमार अधिकारीले उपाध्यक्ष पदमा र नेत्रावती डवजोङका कृष्ण खनालले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

एनआरएनए जापानको जुलाई २७ मा हुने उक्त निर्वाचनका लागि ९ हजार ३ सय मतदाता छन् । धादिङवेशीं घर भएका श्याम सितल १ दशकदेखि जापानमा बस्दै आउनुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।