धादिङको गजुरी गाउँपालिका वडा नम्बर ३ र ४ का किसानहरुलाई बुधबार कुखुरा वितरण गरेको छ । किसानहरुको आय आर्जनमा वृद्धि गराई आत्मानिर्भर बनाउने उद्देश्यले कुखुरा वितरण गरेको हो ।

कृषकहरुलाई २ महिने गिरिराज जातको कुखुरा वितरण गरेको पशु सेवा प्राविधिक रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । फोकस नेपाल धादिङको सहजीकरण एफ.ए को प्राविधिक सहयोगमा नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा संञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्र्तरगत कुखुरा वितरण गरेको हो ।

गजुरीको वडा नम्बर ३ मा रहेको रत्नमाला पशुपालन कृषक समूहका ३० जना, तिरासी पशुपालन कृषक समूहका २० जनालाई ६÷६ ओटाका दरले कुखुरा वितरण गरेको हो । यस्तै वडा नम्बर ४ को वाकचुली पशुपालन कृषक समूका ९ जनालाई ६÷६ ओटाका दरले कुखुरा वितरण गरेको हो ।

Facebook Comments