
पछिल्लो एकसातामा अविरल वर्षा सँगै आएको बाढिले जिल्लाका विभिन्न ठाउमा क्षती पुगेको छ । बाढिका कारण भर्खरै रोपेका किसानको धान बालिमा समेत क्षती पुर्याएको छ भने कयौं घर पहिरोको उच्च जोखिममा परेका छन ।
गल्छी गाउपालिका वडा नं ४ कार्किडाडाका गोपि रम्तेलले करिब १ महिना अघि मात्र खेत रोपाइ सकेका थिए । गत शुक्रवार राती खोल्सा नागेर बाढी खेतमा पसे पछि हरिया भैसकेका धानको रोपो अहिले एउटै सग्ला छैनन । झन्डै ४ रोपनी को खेत दुख सुख गरेर रोपेको महिना दिन नपुग्दै बगरमा परिणत भएको गोपि रम्तेलले जानकारी दिनु भयो ।
गल्छी गाउपालिका -४ मा बाढिले डि–फाट लगाएत आसपासका खेतमा रोपेको धान बालीमा समेत क्षती पुर्याएको छ । खेत नजिकै रहेको चरौदी खोलामा आएको बाढीले कृष्ण बहादुर रम्तेल, बलराम रम्तेलको पनि धान बालीलाई क्षती पु¥याएको छ ।
त्यसैगरि शकंर रम्तेल र राजु विशुन्केको पनि बाढीले धान बाली सहितको खेत बगाएको छ । शुक्रबार राती को अबिरल बर्सा सङै आएको बाढिले स्थानीय बिदुर रम्तेलको पनि ३ रोपनीको धान बालीमा क्षती पुर्याएको छ । महङ्गि सङै दुखका साथ गरेको खेती पनि रोपेको महिना दिन नपुग्दै माटोले पुरिदिए पछि बर्खा भरीको दुख माटोमै मिलेको बिदुर रम्तेलले वताउनु भयो ।
“शुक्रबार दिउसो सम्म त्यति ठूलो पानी परेको थिएन , रातिकती बेला पानी परेर बाढी पस्यो थाहा भएन । भोलि पल्ट हेर्दा खेत बगर नै भै सकेछ” रम्तेलले भन्नू भयो । बर्सौ देखि खेती गर्दै आएको भए पनि यसरी क्षति गर्ने गरि बाढि कहिल्यै नआएको गोपि रम्तेलको अनुभव छ ।
बिकासका नाममा घर घरै मोटर बाटो खन्ने प्रबृत्तिले सडक देखि तलतिर रहेका खेती योग्य जमिनमा क्षति पुगेको रम्तेलको बुझाइ छ । यस तर्फ सरोकारवाला निकाय गम्भीर बन्नु पर्ने उहाँको सुझाव छ । निरन्तरको बर्साले गल्छी गाउपालिका लगायत आसपासका धेरै घरहरु पहिरोको जोखिममा समेत परेको स्थानीय रामहरी रोक्काले जानकारी दिनुभयो ।
पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पनि माथी बाट आएको लेदोले ठाउँ ठाउँमा सडक भरिएका छ्न । पृथ्वी राजमार्गका अन्तरगत गल्छी गाउपालिका विभिन्न ठाउमा सडक माथिबाट बगेको माटोले सवारी आवत जावतलाई समेत कठिन बनाएको छ ।