२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले भारतको सामना गर्दै

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले भारतको सामना गर्दै
सेयर गर्नुहोस्
०सेयर

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि शनिबार नेपालले भारतको सामना गर्दैछ ।

साफ इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाल र भारतबीचको खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

यसअघि लिग चरणमा भारतले नेपाललाई १–० ले हराएको थियो । पाँच राष्ट्र सहभागी साफमा भारत शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले भने आजको फाइनल खेल खेल्न नपाउने हुनुभएको छ ।

जारी प्रतियोगितामा दुई पटक पहेँलो कार्ड पाएकाले उहाँले फाइनल खेल खेल्न नपाउने हुनुभएको हो । प्रतियोगितामा अञ्जनले नेपालका लागि दुई गोल गर्नुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।