सिमित स्वार्थ र ओली सरकारले गरेको कामबाट आत्तिएर केपि ओलीलाई प्रधानमन्त्री बाट हटाएको नेकपा एमाले धादिङका अध्यक्ष एवं बागमती प्रदेश कमिटि सदस्य भुमि त्रिपाठीले बताउनुभएको छ ।

बुधबार नेकपा एमाले गल्छी वडा नम्बर ५ को प्रथम अधिवेशन बिर्ताडाडामा उद्घाटन गर्दै त्रिपाठीले यस्तो बताउनुभएको हो । राष्ट्रियता, बिकासका काम एमाले अध्यक्ष केपि ओलिले गर्न थालेपछि विपक्षीहरु अताल्लिएका हुन् ।

धादिङमा पनि तुईन विस्थापन, सडकका योजनाहरु धेरै काम गरिएको त्रिपाठिले चर्चा गर्नुभयो । एमालेले गरेको बिकास रोक्न पार्टीलाई फुटाउन खोजेपनि नफुटेको बताउदै जनताले एमालेलाई माया गरिरहेको बताउनुभयो । गाउँ पालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले पार्टी र जनतालाई धोका दिएर पतनको बाटोमा लागेको त्रिपाठीको भनाई थियो ।

नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपालले एमालेका जनता जागृत भएको बताउनुभयो । अधिवेशनले प्रेम तामाङको अध्यक्षतामा ३१ सदसिय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमिति उपसभापतिमा सोमबहादुर तामाङ, सचिवमा राजेन्द्र दहाल, उपसचिव अस्मिता तामाङ सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

अधिवेशनमा अनेमसंघ वडा कमिटिको अध्यक्षमा नानीमायाँ तामाङ, राष्ट्रिय युवासंघको अध्यक्षमा पासाङ तामाङ निर्वाचित गरेको छ । कार्यक्रममा एमाले बागमति प्रदेश कमिटिका सदस्य बलराम ढुंगाना, नरेश खतिवडा, गाउँ पालिका उपाध्यक्ष राधा तिमल्सिना लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

Facebook Comments